सोमबार, कार्तिक ४, २०७६
    धर्म-संस्कृति

    धार्मिक क्षेत्रको प्रवद्र्धनका लागि म्याराथन हुँदै

    बुधबार, १५ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १५ साउन

    सिन्धुपाल्चोकको धार्मिक क्षेत्र पाँचपोखरीर्लाइ राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यही साउन ३० गते तेस्रो पाँचपोखरी ‘ट्रेल हाफ म्याराथन’ गरिने भएको छ । 

    स्थानीय पाँचपोखरीदेखि रैथानेश्वरी मन्दिरसम्म करीब २१ किलोमिटरको दूरीमा उक्त कार्यक्रम गर्न लागिएको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका, खेलकूद विकास समितिलगायत सस्थाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले समुन्द्री सतहदेखि चार हजार १०० मिटरको उचाइमा रहेको त्यस क्षेत्रका प्राचीन महत्वका धार्मिक क्षेत्रले स्थानीय तहमा आयआर्जनमा महत्व रहेको उल्लेख गर्दै नेपाल भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्न उक्त स्थललाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुुभयो ।  

    कार्यक्रमका संयोजक टासी शेर्पाले प्रथम, दोस्रो, तेस्रो र चौथो र पाँचौँ हुनेलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र पाँच हजार प्रदान गरिने जानकारी दिनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast