सोमबार, असोज २७, २०७६
    शेयर बजार

    साढे ५ अंकले बढ्यो शेयर बजार

    बुधबार, १५ श्रावन २०७६, आहाखबर

    काठमाडौं, १५ साउन । 

    बुधबार सेयरबजार उकालाे लागेकाे छ । शेयर बजार बुधबार ५ दशमलव ५ अंकले बढेको हाे । १ हजार २ सय ५९ दशमलव ५४ अंकमा रहेको शेयर बजार बन्द हुने बेलासम्ममा १ हजार २ सय ६५ दशमलव ४२ अंकमा पुगेको नेपाल स्टक एक्स्चेञ्जले जनाएकाे छ ।

    बुधबार कारोबार भएका समुहमध्ये सबैभन्दा धेरै निर्जिवन बिमा समुहको परिसुचक बढेको छ । त्यस्तै माइक्रोफाइनान्स र बिमा समूहको परिसूचक उल्लेख्य मात्रामा बढेको छ ।

    नेप्सेका अनुसार बुधबार कारोबार भएका विकास बैक समुहको अंक घटेको भएपनि अन्य सबै समुहको परिसूचक बढेको हो । बुधबार कारोबार भएमध्ये लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिशेयर ७२ हजार रुपैयाँ कमाएका छन् ।

    त्यस्तै माहुली सामुदायिक लघुवित्त संस्था लिमिटेडका शेयरहोल्डरले प्रतिशेयर १९ रुपैया घाटा व्यहोरेका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast