शनिबार, मंसिर २८, २०७६
    विज्ञान/प्रविधि

    हुवावे र सामसुङलाई उछिन्दै रोयोलले ल्यायो विश्वकै पहिलो पट्याउन मिल्ने स्मार्टफोन

    बुधबार, १५ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १५ साउन 

    विश्वभर पट्याउन मिल्ने किसिमको स्मार्टफोनको चर्चा चलिरहदा आगामी दिनमा यस किसिमको स्मार्टफोनको संख्या व्यापक मात्रामा बढ्नसक्ने अनुमान गरिँदै आएको छ । 

    सामसुङ र हुवावेईले यसअघि नै पट्याउन मिल्ने किसिमको स्मार्टफोन सार्वजनिक गरिसकेका छन् । तर, उनीहरुको यस किसिमको स्मार्टफोन बजारमा ल्याउन अझै केही समय बाँकी छ । यस्तोमा स्मार्टफोन निर्माता कम्पनी रोयोलले आफ्नो फ्लेक्जिबल डिस्प्ले भएको स्मार्टफोन फ्लेक्सपाई बिक्रीको लागि उपलब्ध गराएको छ । 

    फोन सार्वजनिक भएसँगै यसको परफरमेन्स परीक्षण गरिएको छ । रोयोलको फ्लेक्सपाइको डिजाइन निकै हदसम्म हुवावेई मेट एक्स प्रोसँग मिल्छ । डिजाइनको कारण यो फोनको डिस्प्लेमा स्क्र्याच हुने सम्भावना छ । परीक्षणको क्रममा पछाडितर्फ पट्याउँदा २०० डिग्रीसम्म घुमेको थियो । 

    निश्चित विन्दु पार गरेपछि यो दुई भागमा विभाजित हुनेछ । यो डिभाइसमा ग्लासको प्रयोग भने गरिएको छैन । यसको कारण स्मार्टफोनमा स्क्र्याच हुने सम्भावना बढी छ । 

    यसअघि सामसुङले पनि पट्याउन मिल्ने स्मार्टफोनमा देखिएको केही कमजोरीको कारण थप परीक्षण्पछि मात्र यसलाई बजारमा ल्याइएको बताएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast