शुक्रबार, मंसिर २७, २०७६
    कला-सौन्दर्य

    ब्रत अहिले आफ्नै लागि, बिहेपछि श्रीमानको लागि

    बुधबार, १५ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १५ साउन  । 
    तीज आउन एक महिना बाँकी रहेपनि रमझमले भने छोइसकेको छ । तीजका गीत धमाधम आउन थालेका छन् । मोडल नमिता खड्का पनि तीजको तयारीमा लागिसकेकी छिन् । 

    उनी भन्छिन् ‘दर खाने, पूजा गर्ने ब्रत बस्ने योजना छ । बुझ्ने भएदेखि तीजको ब्रत छुटाएको छैन । अहिले त म आफ्नै लागि ब्रत लिन्छु, बिहेपछि श्रीमानको लागि लिनुपर्ला ।’ बिहे कहिले भन्ने प्रश्नमा उनले कुटनीतिक जवाफ दिइन ‘समय आएपछि, लगन जुरेपछि ।’

    जीवनमा धेरै संघर्ष गरेको बताउने खड्का व्यक्तिगत जीवनको बारेमा मिडियामा आउन चाहदिनन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast