आईतवार, मंसिर २२, २०७६
    बैंक-बीमा

    भुक्तानी सेवाप्रदायक सेलपे सेवा शुरु, कसरी काम गर्छ?

    मंगलवार, १४ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १४ साउन 

    मंगलवारदेखि नयाँ भुक्तानी सेवाप्रदायकले सेलपे सेवा शुरु गरेको छ। 

    नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले सेलपे सेवा संचालनमा ल्याएको हो।

    मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट विभिन्न भुक्तानी गर्न सकिने सेलकमले जानकारी दिएको छ।

    वालेट भने होइन।

    कम्पनीका अनुसार वेब तथा एप्लीकेशनमा खोलिएको आफ्नो खातामा पैसा जम्मा हुँदैन। यसमा भएको खाता सिधै बैंकसँग जोडिन्छ। अथवा बैंक खातासँग जोडिने यसको कनेक्शनबाट एउटा ग्राहकले सिधै पैसा दिनसक्छ।

    यसका लागि पैसा लिने र दिने दुवैसँग सेलपेको खाता हुनुपर्छ। सेलपेको खाता सम्पन्न हुनको लागि बैंक खाता पनि हुनपर्छ। डिजिटल कारोबार त्यसमा सिधै बैंकको खातासँग जोडिएको सेवालाई लिएर सुरक्षाको मामिलामा ढुक्क हुन कम्पनीले जानकारी गराएको छ।

    सेलपे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणालीसहितको भएको कम्पनीको दाबी छ।

    यसमा एप्लीकेशन डाउलोड गरेपछि जुन मोबाइलमा गरिएको हो त्यसमा मात्र चलाउन मिल्छ। यस्तो अवस्थामा मोबाइल हराएमा पनि उपभोक्ताले चिन्ता लिननपर्ने कम्पनीले जानकारी दिएको छ।

    यद्यपी योसँग जोडिएको बैंकमा खबर गरी सेवा ब्लक गर्नसक्ने कम्पनीको भनाइ छ।

    सेलपे सेवा एप्प एक पटकमा केवल एक मोवाईल सेटसंग मात्र चल्ने गरी सिमित गरिएको हुन्छ । यदि मोबाईल सेट परिवर्तन भएको खण्डमा नयां मोवाईल सेटबाट लग ईन गर्नुपर्छ यसो गर्दा नम्बरमा एस.एम.एस. मार्फत एक कोड पाइन्छ। सेलपे सेवा एप्प एक पटकमा केवल एक सिम कार्डसंग मात्र चल्ने गरी सिमित गरिएको हुन्छ । 

    यदि आफ्नो सिम कार्ड परिवर्तन गरेको खण्डमा नयाँ सिम कार्ड जडित मोवाईल सेटबाट लग ईन गर्दा नयाँ नम्बरमा आउने कोडका आधारमा खोल्न सकिन्छ। यसबाट दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिने छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast