शुक्रबार, मंसिर २७, २०७६
    स्कुल-कलेज

    'घरघरमा सेवा पुर्याउनु नै सङ्घीयताको मर्म'

    मंगलवार, १४ श्रावन २०७६, आहाखबर

    हेटौँडा, १४ साउन

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको घरघरमा सेवा पुर्याउनु नै सङ्घीयताको मर्म भएको बताउनुभएको छ । सेवा प्रदायक निकायले पुरानो शैली परिवर्तन गरेमा मात्र व्यवस्था परिवर्तन भएको अनुभूति हुने उहाँको भनाइ थियो । 

    मुख्यमन्त्री पौडेलले सबै व्यक्ति आआफ्नो क्षेत्रमा तीव्र गतिमा काममा लागे समृद्धि सम्भव हुने बताउनुभयो । एकजुट भएर काम गरेमा मात्र समृद्धि आउने बताउँदै उहाँले हरेक व्यक्तिले काम गर्नुपर्ने धारणा राख्नुभयो ।

    प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन निर्देशनालय तथा उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयद्वारा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री पौडेलले उक्त धारणा राख्नुभयो ।

    कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले आफ्ना मातहतका कर्मचारीलाई ४५ बुँदे निर्देशन दिनुभयो । मन्त्री नेपालले प्रत्येक कार्यालयलाई निर्देशनको पूर्ण पालना गर्न आग्रहसमेत गर्नुभयो । 

    “नीतिगत समस्या आए त्यसको समाधान गर्छु तपाईँहरु काम गरेर देखाउनुस्”, उहाँले भन्नुभयो । कुनै पनि कर्मचारीले भ्रष्टाचार गरे क्षमा नहुने उहाँको भनाइ थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast