आईतवार, भाद्र १, २०७६
    स्कुल-कलेज

    विश्वकै कान्छा प्राेफेसरः जसले १४ वर्षकै उमेरमा विश्वबिद्यालयमा पढाउँछन्

    मंगलवार, १४ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १४ साउन 

    सुन्दा पत्यार नलाग्ला तर यो सत्य हो । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । 

    विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ ।गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत दिइएको छ । हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिंग प्रोफेसरको रुपमा छनोट गरेका एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका साथै आफैँ पनि डिग्री पढिरहेका छन् ।

    १४ वर्षका किशोरको विलक्षण प्रतिभा देखेर याशालाई विश्वविद्यालयको भिजिटिंग प्रोफेसरको पद दिनका लागि लिचेस्टर विश्वविद्यालयको मानव संसाधन विकास विभागले लिचेस्टरको परिषदबाट विशेष अनुमति लिनु परेको थियो । 

    जसका लागि विश्वविद्यालय समेत केही समय अप्ठ्यारोमा परेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast