चितवन, १४ साउन।
भरतपुरका १५ बोर्डिङ स्कूल यस आर्थिक वर्षमा शुल्क बढाउन नपाउने गरी कारवाहीमा परेका छन्। भरतपुर महानगरपालिका अन्तर्गतको शैक्षिक प्रशासन महाशाखाले मंगलबार एक सूचना जारी गरी यस्तो निर्देशन दिएको हो।
विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०७८ अनुसार उनीहरुले समयमै शुल्क प्रस्ताव पेस नगरेकाले बढाएर शुल्क लिन नपाएका हुन्। तर, ती स्कूलले नेपाल सरकारले बढाएको तलब अनुसारकै तलब शिक्षक तथा कर्मचारीलाई खुवाउन भने महानगरले निर्देशन दिएको छ।
शुल्क बढाउन नपाउने स्कूल अन्र्तगत भरतपुरको बालकुमारी इग्लिस बोडिङ स्कूल, मुनलाइट, सनफ्लावर, सत्यम जेभियर्स, इडन गार्डेन, बाल विद्याश्रम, सोमाङ जीव एकेडेमी, ओमसाई स्कूल, समता शिक्षा निकेतन, बकेना बालबाटिका, पवित्रा बोडिङ, गोल्डेल फ्युचर, शान्ति बोर्डिङ, नोबेल बोर्डिङ, कविलास सामुदायिक बोर्डिङ स्कूल रहेका छन्।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com