शुक्रबार, मंसिर २७, २०७६
    बैंक-बीमा

    बैंक तथा वित्तिय संस्थाका सिइओ राष्ट्र बैंकले आफै छनौट गर्ने

    मंगलवार, १४ श्रावन २०७६, आहाखबर

    काठमाडौं, १४ साउन ।

    बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत 'सिईओ'को छनौट नेपाल राष्ट्र बैंकले नै गर्ने भएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुको सिईयो छनौट राष्ट्र बैंक आफैले गर्ने गरी मौद्रिक नीति तय गरिएको बताएका हुन् ।

    उनले मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बैंक तथा वित्तिय संस्थाको स्वच्छताका लागि पनि त्यसका सिईओको छनौंटमा हस्तक्षेप गर्न लागिएको पनि स्पष्ट पारे । उनले बैंक तथा वित्तिय संस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिइएको बतए ।

    बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सिईओ बनाउँदा नियमन गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए । सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकले सिईओ नियुक्ति गर्दा पनि कार्वाही गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकको चर्को आलोचना गरे ।

    त्यसैगरी सांसद तेजुलाल चौंधरीले गैर कृषकहरुलाई कृषि लोन प्रवाह गर्दा पनि नियमन गर्न नसकेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको भूमिका माथि प्रश्न उठाएका थिए । उनले कृषि लोनमा विचौलियाहरुको प्रवेश निषेध गर्न पनि नेपाल राष्ट्र बैंकलाई सचेत गराए ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast