बुधबार, भाद्र ४, २०७६
    सार्क

    म्यान भर्सेस वाइल्डमा मोदी, विश्वको १ सय ८० देशमा प्रसारण हुँदै

    मंगलवार, १४ श्रावन २०७६, आहाखबर

    एजेन्सी, १४ साउन

    डिस्कभरी च्यानलमा प्रसारण हुने ‘म्यान भर्सेस वाइल्ड’ कार्यक्रमको एउटा प्रोमो भिडियो सार्वजनिक भएको छ, जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जंगलमा भेटिएका छन् ।

    म्यान भर्सेस वाइल्ड बियर ग्रिल्सले चलाउँछन् । कार्यक्रममा ग्रिल्स सुनसान र डरलाग्दो जंगलमा खतरनाक जनावरहरुसँग देखिन्छन् । अब ग्रिल्ससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने भएका छन् । भारतीय प्रम मोदी भएको एपिसोड डिस्कबरी च्यानलमा १२ अगस्ट राति सवा नौ बजे प्रसारण हुनेछ ।

    बियर ग्रिल्सले सोको टेलर भिडियो राखेर ट्विट गरेका छन् । उनको ट्विटलाई मोदीले रिट्विट गरेका छन् ।

    भिडियोमा मोदीलाई स्वागत् गर्दै ग्रिल्सले भनेका छन्, 'तपाईं भारतको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ । मेरो जिम्मेवारी तपाईंलाई सुरक्षित राख्नु हुनेछ ।'

    मोदीले पनि रिट्विट गर्दै ग्रिल्सलाई धन्यवाद भनेका छन् । उनले, 'भारतमा तपाईंले हराभरा जंलग, सुन्दर पहाड, नदि र वाइल्ड लाइफ देख्न सक्नुहुन्छ । यो कार्यक्रम हेरेर धेरैलाई भारत आउने इच्छा पलाउनेछ । भारत आइदिनुभएकोमा बियर ग्रिल्सलाई धन्यवाद ।'

    म्यान भर्सेस वाइल्ड’को सहभागिताबारे मोदीले एउटा विज्ञप्तिमा भनेका छन्, ‘राजनीतिभन्दा फरक जीवनमा केन्द्रित भएको विशेष कार्यक्रममा सहभागी हुनेबारे मलाई सोधियो । प्रकृतिमाझ रहेर गरिने त्यस कार्यक्रमले मलाई आकर्षित गर्यो र सहभागी हुने इच्छा देखाएँ ।’

    सोको बारेमा अहिले सामाजिक सञ्जालहरुमा चर्चा चलिरहेको छ ।

    डिस्कबरी च्यानलमा त्यो एपिसोड विश्वको १८० देशमा प्रसारण हुनेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast