आईतवार, भाद्र १, २०७६
    विज्ञान/प्रविधि

    एप्पलका ३ फाइभजी आईफोन बजारमा

    मंगलवार, १४ श्रावन २०७६, आहाखबर

    काठमाडौं, १४ साउन ।  

    सन् २०२० सम्ममा एप्पलका ३ फाइभजी आईफोन बजारमा आउने भएका छन् । अमेरिकी प्रविधि कम्पनी एप्पलले सन् २०२० मा तीनवटा फाइभजी आईफोन ल्याउने भएको हाे ।

    यसअघि एप्पलले सन् २०२१ भन्दा अघि फाइभजी आईफोन नल्याउने समाचार बाहिरीएकाे थयाे ।  त्यसपछि कम्पनीले आफ्नो क्वालकोमसँगको विवाद सुल्झाएको छ । बजार विश्लेषकका अनुसार सन् २०२० मा एप्पलले आफ्ना तीनओटा आईफोन फाइभजी कनेक्टिभिटीको साथमा सार्वजनिक गर्नेछ ।

    तर, यसअघि सार्वजनिक भएको एक प्रतिवेदनले भने आगामी वर्ष सार्वजनिक हुने ३ मध्ये आईफोनमा मात्र ५ जी कनेक्टिभिटी हुने बताएका थिए ।

    एप्पलले आफ्नो मोबाइलको लागि इन्टेलको मोडल बिजनेस खरीद गर्ने तयारी गरिरहेको छ । क्वालकोम र एप्पलको बीचमा मोबाइल चिपसेट निर्माता क्वालकोमबीच लामो समयदेखि पेटेन्टको विषयमा विवाद चल्दै आएको छ ।

    अब क्वालकोमसँगको विवाद सुल्झिएसँगै आईफोनका लागि फाइभजी कनेक्टिभिटीका लागि केही सहयोग पुग्नसक्ने देखिएको हो ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast