सोमबार, मंसिर २, २०७६
    सार्क

    पाकिस्तानको आवासीय इलाकामा सैनिक विमान खस्यो, १७ को मृत्यु

    मंगलवार, १४ श्रावन २०७६, आहाखबर

    एजेन्सी, १४ साउन ।

    पाकिस्तानी सेनाको एक विमान मंगलबार बिहान रावलपिन्डीको आवासीय इलाकामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा पाँच चालक दलसहित १७ को मृत्यु भएको छ । मृतकमध्ये १२ सर्वसाधारण पनि रहेको बताइएको छ भने १२ जना घाइते छन् ।

    प्रशासनको अनुसार आवासीय क्षेत्रमा दुर्घटना भएका कारण थप क्षती भएको बताइएको छ । विमानमा लागेको आगोले थुप्रै घरमा क्षती पुर्याएको छ ।

    पाकिस्तानी सेनाकाे विमान तालिमका लागि उडाइएको थियो। तर अचानक खसेपछि विमानमा आगो लागेको र केही घरहरूमा फैलिएको थियो ।

    मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

    सेनाका अनुसार दुर्घटनामा विमानका दुई पाइलट मारिएका छन् । उता, रावलपिन्डीको अस्पतालमा संकटकालको घोषणा गरिएको छ ।

    पाकिस्तानी सेनाका अनुसार उक्त विमान प्रशिक्षण उडानमा थियो ।

    स्थानीय मोहम्मद सादिकले बिस्फोटको ठूलो आवाजले आफू ब्यूँझिएको बताए । उनले भने, ‘मानिसहरु चिच्याइरहेका थिए । उनीहरुलाई सहयोग गर्न खोजिएपनि आगो निकै माथिसम्म पुगेको थियो ।’

    अर्का स्थानीयले विमान दुर्घटना हुनुअघि आगलागी भएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast