शनिबार, भाद्र ७, २०७६
    यातायात

    मेची-महाकाली विद्युतीय रेलमार्गको काम अगाडि बढ्यो, मुआब्जा निर्धारण प्रक्रिया सुरु

    मंगलवार, १४ श्रावन २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौं, १४ साउन  । 

    राष्ट्रिय गौरवको मेची-महाकाली विदयुतीय रेलमार्गको रेखाङ्कनमा पर्ने क्षेत्रहरुको मुआब्जा निर्धारण प्रक्रिया सुरु भएको छ ।

    बर्दिवास-निजगढ खण्डबाट मुआब्जा निर्धारण प्रक्रिया सुरु गरिएको हो । रौतहट जिल्लाको साविकका सतंपुर र रगंपुर गाविसमा रेलमार्गको रेखाङकनभित्र पर्ने जग्गाको मुआब्जा निर्धारण गरेको छ । 

    सम्वन्धित जग्गाधनी वा मोही वा निजको ऐन अनुसार अधिकार प्राप्त वारेसले जग्गाधनी प्रमाणपत्र, मालपोत तिरेको रसिद, कित्ता नं स्पष्ट भएको नक्सा तथा नेपाली नागरिकताको प्रमाणपत्रको १/१ प्रतिलिपी लिई साईट कार्यालय बर्दिवासबाट मुआब्जा बुझ्न सक्नेछन् ।

    न्युनतम ३  लाख देखि अधिकतम ४० लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको छ । साउन १२ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकले जग्गा प्राप्ती ऐनज २०३४ बमोजिम मुआब्जा निर्धारण गरेको हो ।


    रेल विभागले यो खण्डको निर्माण कार्य नै सुरु गर्न टेण्डर निकालिसकेको छ । रेलवे ट्रयाक बेड निर्माण कार्यका लागि २५ वटा कम्पनीसँग आर्थिक प्रस्ताव मागिसकेको छ । बैशाख २३ गते सार्वजनिक सुचना प्रकाशित गरि बोलपत्र आव्हान गरेको थियो । 

    आवेदन दिएका करिव ६० भन्दा बढी कम्पनीमध्येबाट २५ वटा कम्पनी प्राविधिक पास भएका छन् । वोलपत्रदाताहरुबाट आर्थिक तथा प्राविधिक प्रस्तावमध्ये असार ११ गते प्राविधिक प्रस्ताव खोलिएको थियो । आयोजनाको मुल्याङकन समितिले ७ वटा प्याकेजका लागि ३/३ वटा र ६ नं प्याकेजका लागि ४ कम्पनी गरि २५  वटा कम्पनीले क्राईटेरिया पुरा गरेको भन्दै छनोट गरेको जनाएको छ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast