आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    सिभिल बैंकद्वारा नेपाल प्रहरीलाई ज्याकेट हस्तान्तरण

    मंगलवार, १४ श्रावन २०७६, आहाखबर

    काठमाडौं, १४ श्रावण । 

    सिभिल बैंक लिमिटेडले मंगलबार एक कार्यक्रमकाबीच नेपाल प्रहरीको विद्यालय सम्पर्क प्रहरीे टोलीलाई १ सय १५ थान ज्याकेट प्रदान गरेको छ । उक्त ज्याकेट सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले महानगरीय प्रहरी परिसर, सामुदायिक शाखा काठमाण्डौंका प्रमुख प्र.ना.उ. राजेन्द्र पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो ।

    नेपाल प्रहरीले समाजमा हुने विभिन्न अपराध न्युनिकरणका लागि सामुदायिक स्तरमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको कार्यक्रम अन्तर्गत विभिन्न विद्यालय क्षेत्रहरुमा संचालित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न विद्यालय सम्पर्क प्रहरीे टोलीलाई उक्त ज्याकेट हस्तान्तरण गरेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast