मंगलवार, असोज ७, २०७६
    बिदेश

    राहुल गान्धीले पद त्यागेपछि प्रियंका गान्धी कांग्रेस अध्यक्ष !

    मंगलवार, १४ श्रावन २०७६, आहाखबर

    नयाँ दिल्ली, १४ साउन ।

    प्रियंका गान्धी भारतीय प्रतिपक्षी दल कांग्रेस आईको अध्यक्ष हुने संकेत देखिएकाे हाे । पछिल्लाे समय अध्यक्ष उम्मेदवारका लागि प्रियंका गान्धीको नाम बाहिर आएको हाे ।

    कांग्रेसमा गान्धी परिवारको विरासत रहँदै आएकामा अब पालो प्रियंकाको आएको भन्दै उनकै नाममा सर्वसम्मत हुने संकेत देखिएको छ । राहुल गान्धीले पद त्यागेपछि प्रियंकालाई भावी अध्यक्षका रुपमा हेरिएको छ । कांग्रेसभित्र दिग्गज एवं पुराना नेताहरु रहे पनि उनीहरु गान्धी परिवारको लिगेसी भनेपछि सम्मान गर्ने गर्छन् । 

    पंजाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले चंडिगढमा आयोजित कार्यक्रममा भने, ‘यदि प्रियंका अध्यक्ष बन्न राजी भए मेरो पूर्ण सहयोग छ । राहुलले यसमा पनि विचार गरुन् ।’ प्रियंका गान्धी यो पदका लागि उपयुक्त पात्र रहेको पनि सिंहको बुझाइ छ । सिंहले भनेका छन् – भारत युवाहरुको देश हो । कुनै युवाले नै पार्टीको नेतृत्व सम्हाल्नुपर्छ । 

    गत आइतबार शशि थरुरले पनि अध्यक्षका लागि वर्तमान महासचिव प्रियंका सामले हुन्छिन् कि हुन्निन् त्यो गान्धी परिवारले सोचोस् भनेका थिए । 

    लोकसभा चुनावमा पार्टीले पराजय भोगेपछि नैतिकतामा आधारमा राहुल गान्धीले मे २५ तारिखमा पद त्यागेका थिए । चुनावको केही समय अगाडिमात्र कांग्रेसले प्रियंकालाई महासचिवको जिम्मेवारी दिएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast