शनिबार, श्रावन ३२, २०७६
    बिदेश

    एकै दिन ३ करोड ५० लाख बिरुवा रोपेर विश्व कीर्तिमान

    मंगलवार, १४ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १४ साउन । 
    अफ्रिकी मुलुक इथियोपियाले एकैदिनमा ३ करोड ५० लाख भन्दा बढी विरुवा रोपेर  विश्व कीर्तिमान कायम गरेको छ ।  संयुक्त राष्ट्रसंघ तथा अफ्रिकी यूनियनका स्वयम्सेवीले १२ घण्टाको अवधिमा ती विरुवा रोपेको यहाँको खोज तथा प्रविधि मन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    हरियाली वातावरणका लागि भन्दै प्रधानमन्त्री अबी अहमदले अघि सारेको योजना अनुरुप मुलुकभरका १ हजार भन्दा बढी स्थानमा वृक्षारोपण गरिएको हो ।
     

    वन फडाँनी तथा जलवायू परिवर्तनका कारण खडेरीको चपेटामा पर्ने गरेको मुलुकलाई हरियाली बनाउन वृक्षारोपणको अवधारणा ल्याएको अहमदको भनाई छ । ईथियोपियामा कुल ४ अर्ब बिरुवा रोप्ने लक्ष्य राखिएको छ । संयुक्त राष्ट्र संघका अनुसार २० औँ शताब्दिमा ३५ प्रतिशत वन क्षेत्र रहेको  भनिएको ईथियोपियाको वन क्षेत्र सन् २००० सम्म आइपुग्दा  ४ प्रतिशतमा खुम्चिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast