आईतवार, भाद्र १, २०७६
    कला-सौन्दर्य

    भारतीय मिडियामा महानायक राजेश हमालको चर्चा, अमिताभ बच्चनसँग तुलना

    सोमबार, १३ श्रावन २०७६, आहाखबर

    एजेन्सी, १३ साउन

    भारतीय संचार माध्यमले नेपालका महाननायक राजेश हमाललाई बलिउडका चर्चित अभिनेता अभिताभ बच्चनसँग तुलना गरेको छ।

    भारतीय संचारमाध्यम आजतकले महानायक हमालको बारेमा लेखेको एक लेखमा उनलाई अमिताभ बच्चनसँग तुलना गरिएको हो।

    आजतकमा 'ये हैं नेपाली सिनेमा के अमिताभ बच्चन' शीर्षकमा लेख लेखिएको छ। भारतमा संचालन हुँदै आएको 'कौन बनेगा करोडपति'लाई अमिताभ बच्चनले संचालन गर्दै आएका छन् भने नेपालमा केही समयअघिदेखि संचालन हुँदै आएको 'को बन्छ करोडपति'लाई महानायक राजेश हमालले संचालन गर्दै आएका छन्।

    लेखमा हमालको नेपाली चलचित्र जगतमा प्रवेश, पारिवारिक जीवन, अध्ययन, मधु भट्टराईसँगको विवाह देखि लिएर प्राय सबै कुरा उल्लेख गरिएको छ।लेखमा महानायक हमालको निकै प्रशंसा समेत गरिएको छ। सो लेखलाई प्रिया शांडिल्य लेखेकी हुन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast