बुधबार, भाद्र ४, २०७६
    बैंक-बीमा

    अर्थमन्त्रालयद्वारा नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत छान्न ३ सदस्यीय समिति गठन

    सोमबार, १३ श्रावन २०७६, आहाखबर

    काठमाडौं, १३ साउन ।

    नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छनौटका लागि समिति गठन भएकाे छ ।अर्थमन्त्रालयले बैंककाे प्रमुख कार्यकारी अधिकृत छनौटका लागि बैंक संचालक समितिका सदस्य दिपेन्द्र बिक्रम थापाको नेतृत्वमा तीन सदस्यिय समिति गठन गरेको हो ।

    नेपाल बैंक लिमिटेड सरकारी स्वामित्वमा रहेको नेपालको पुरानो बैंक हाे । समितिका सदस्यहरुमा आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य र उपाध्यक्ष मदन शर्मा रहेका छन् । समितिले छिटै प्रमुख कार्यकारी अधिकृतको आवेदन आह्वान गर्ने छ ।

    कुशल प्रमुख कार्यकारी अधिकृत छनौटका लागि समिति गठन गरिएको बताइएको छ । राजनीतिक आस्था भन्दा पनि कुसल, अनुभवि र क्षमतावान व्यक्तिको छनौट गरि बैंक व्यवस्थापनको जिम्मेवारी दिने समितिले जनाएको छ।

    नेपाल बैंकमा देवेन्द्र प्रताप शाहको कार्यकाल सकिएपछि हाल कृष्ण प्रसाद अधिकारीले निमित्त प्रमुख कार्यकारी अधिकृतका जिम्मेवारी सम्हाल्दै आएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast