शनिबार, मंसिर २८, २०७६
    कृषि-उर्जा

    बाढीले कृषि तथा पशुपंक्षीकाे क्षेत्रमा तीन अर्ब बढीको क्षति

    सोमबार, १३ श्रावन २०७६, आहाखबर

    काठमाडौं,१३ साउन । 

    लगातार वर्षका कारण गत अन्तिम साता आएको बाढी र डुबानले प्रदेश २ मा कृषि तथा पशुपंक्षी व्यवसायमा तर्फ साढे तीन अर्ब भन्दा बढीको क्षति भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार प्रदेश दुईका ८ जिल्लामा कृषि बालीतर्फ एक अर्ब ९७ करोड रुपैयाँ बराबर  र पशुपछींतर्फ १ अर्ब ६२ करोड तथा बराबर क्षती पुगेको हाे ।

    यो प्राराम्भिक तथ्याङ्क भएको यसमा थप बढ्न सक्ने मन्त्रालयले जनाएको छ । हालसम्म प्राप्त विवरण अनुसार कृषितर्फ सबैभन्दा बढी क्षति बारामा भएको छ । बारामा मात्र ५० हजार ३ सय हेक्टरमा केरा, तरकारी, मकै बाली, चैते धान तथा वर्षे धानको ब्याड नष्ट हुँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।  

    यस्तै पशुपंक्षीतर्फ सबैभन्दा बढी क्षति सिरहा र सप्तरीमा कुल ९७ करोड बराबरको क्षति भएको छ भने रौतहटमा मात्र ३५ करोड बराबरको क्षति भएको छ । धनुषामा १५ करोड, पर्सा र बारामा १० करोड, सर्लाहीमा ५ करोड क्षति भएको छ ।

    बाढीले सिरहा र सप्तरीमा २ हजार ८ सय टन तयारी माछा नै बगाएको छ भने ६६ हजार कुखुरा, कम्तिमा एक हजार गाई, भैंसी, राँगालगायतका घरपालुवा जनावर र करिव ६ हजारको संख्यामा बाख्रा बाढीले बगाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast