सोमबार, मंसिर २, २०७६
    मुभी-थिएटर

    ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ मा सर्यो

    सोमबार, १३ श्रावन २०७६, आहाखबर
    काठमाडौँ, १३ साउन 
     
    भदौ १३ गते रिलिज हुने भनिएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डीले आफ्नो रिलिज मितिलाई दुई साता पछाडि सारेको छ । 
     
    अब भने यो चलचित्र असोजको ३ गते रिलिज हुने पक्का भएको छ । यो चलचित्रको प्राविधिक काम नसकिएला केही साता पछि सारिएको निर्देशक रामबाबु गुरुङले बताएका छन् । चलचित्रका वितरक मनोज राठीले भने–‘मलाई पनि रामबाबुजीले फोन गरेर काम नभ्याउने जानकारी दिनुभयो । असोज ३ मा चलचित्र सारेको जानकारी पाएको छु, रामबाबुसँग मैले कुरा गर्न नै बाँकी छ ।’ अब भदौ १३ गते नेपाली चलचित्र ‘मारूनी’ र प्रभास स्टारर साउथ इन्डियन चलचित्र ‘साहो’ रिलिज हुदैँ थियो । 
     
    यो मितिमा ‘कबड्डी कबड्डी कबड्डी’को साथमा अहिलेसम्म ‘लभ डायरिज’ रिलिज हुनेछ । यो चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विजय बराल, बुद्दि तमाङ लगायतको मुख्य भूमिका छ । असोज ३ गते चलचित्र ‘छ माया छपक्कै’लाई ल्याउनका लागि यो मितिमा रिलिज हुने भनिएको चलचित्र ‘घामट शेरे’ तिहारमा सारिएको थियो । 
     
    तर, अब भने ‘कबड्डी कबड्डी कबड्डी’ आउने भएपछि ‘छ माया छपक्कै’लाई समस्या पर्ने भएको छ ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast