बुधबार, कार्तिक २७, २०७६
    मुभी-थिएटर

    यस्ताे छ सन्नी लियोनीकाे आइटम डान्स रहेकाे फिल्म ‘पासवर्ड’को फस्टलुक

    सोमबार, १३ श्रावन २०७६, आहाखबर

    काठमाडौं, १३ साउन।

    बलिउड नायिका सन्नी लियोनीले आइटम डान्स गरेकाे नेपाली चलचित्र ‘पासवर्ड’को फस्टलुक सार्वजनिक गरिएको छ। चलचित्रको आइटम गीत सार्वजनिक भएपछि फस्टलुक रिलिज गरिएको हो।

    आइटम गीत बलिउड नायिका सन्नी लियोनीलाई दिइएको छ। पोष्टरमा पनि मुख्य कलाकार भन्दा उनलाई बढी स्थान दिइएको छ। नायिका लियोनी भने कामुक अवतारमा छिन्।

    चलचित्रमा मुख्य नायक अनुप विक्रम शाही र विक्रम जोशीको भिडन्त देख्न सकिन्छ। सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको मुख्य भूमिका छ।

    चलचित्रलाई एक्सन, कमेडी र थ्रिलर जनरामा निर्माण गरिएको निर्माणपक्षले बताएको छ। एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र ‘पासवर्ड’को भदौ २७ गतेलाई प्रदर्शन मिति तय गरिएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast