शुक्रबार, भाद्र ६, २०७६
    कला-सौन्दर्य

    स्विम सुटमा पन्जा लगाएपछि प्रिंयका बनिन् ट्रोलको शिकार

    सोमबार, १३ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १३ साउन 

    फेसन र लुक्सको कारण चर्चामा छाइरहने बलिउड अभिनेत्री प्रियंका चोपडा पुन: एकपटक ट्रोलको शिकार भएकी छिन्।

    अभिनेत्री प्रिंयका चोपडा बलिउडकी फेसन आइकनको रुपमा परिचित छिन् । तर हालै उनको इन्स्टाग्राममा सेयर भएको फोटोका कारण उनको फेसन सेन्सलाई लिएर ट्रोल हुन थालेको छ ।

    प्रियंकाले पति निक जोनससँग पिंक स्विम सुट लगाएको रोमान्टिक फोटो इन्स्टाग्राममा सेयर गरेकी थिइन् । 

    उनले स्विम सुटमा पिंक कलरकै नेट पन्जा पनि लगाएपछि भने उनी ट्रोलको शिकार भएकी हुन् ।प्रियंकाको अहिले सामाजिक सञ्जालमा खिल्ली उडिरहेको छ । 

    केही दिन अघिमात्रै पनि उनी धुम्रपान गरिरहेको फोटोका कारण ट्रोलमा तानिएकी थिइन् भने त्यसअघि ब्याकलेस ब्लाउज लगाएका कारण विवादमा तानिएकी थिइन् । 

    इन्स्टाग्राममा तस्बिर सार्वजनिक भएपछी एक प्रयोगकर्ताले कमेन्टमा प्रश्न गरेका छन्,‘कोही मलाई सम्झाउन सक्छ कि स्विमिङ सुटमा पञ्जा लगाउनु कहाँको फेसन हो?’

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast