बुधबार, मंसिर २५, २०७६
    कला-सौन्दर्य

    कसले दियो गायक उदितनारायण झालाई ज्यान मार्न धम्की ?

    सोमबार, १३ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १३ साउन ।

    बलिउड तथा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक उदितनारायण झालाईले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै अम्बोली प्रहरी चाैकीमा दुई हप्ता अगाडि उजुरी दर्ता गरेका थिए । उजुरीमा उनले आफूलाई एक व्यक्तिले एक महिनादेखि निरन्तररुपमा फोन गरेर नोक्सान पुर्याउने धम्की दिएको उल्लेख गरेका छन् । उनले ती व्यक्तिले आफूसँग पैसा भने नमागेको बताएका छन् ।

    उजुरी दर्तासँगै प्रहरीले धम्की दिने व्यक्तिको खोजी सुरु गरेको छ । धम्की दिने व्यक्तिको नम्बर बिहारको रहेको छ । उनले ती व्यक्तिले चोरीको नम्बरबाट फोन गरेर आफूलाई धम्की दिइएको बताएका छन् । प्रहरीको एक टोली बिहार पुगेर घटनाको अनुसन्धानको तयारी गरिरहेको छ ।

    गायक उदितनारायण झा मुम्बइको अन्धेरी वेस्टमा बस्दछन् । अम्बोली प्रहरी चौकीका सिनियर इन्स्पेक्टरले उदितको उजुरी दर्ता गरेर गरेर थप अनुसन्धानका लागि अपराध अनुसन्धान महाशाखालाई सुम्पेको बताएका छन् ।

    अहिले प्रहरीले उदितको घर वरिपरि सुरक्षा पहरा दिइरहेको छ। प्रहरीले ती व्यक्तिले उदितलाई एक महिनामा तीन पटक एकै नम्बरबाट फोन गरेर धम्की दिएको बताएको छ । उदितलाई धम्की दिने ती व्यक्तिको नाम लक्ष्मण भएको बताएको छ । ती व्यक्तिले फोनमा उदितलाई  कतिबेला घरबाट निस्कन्छनर र  घरबाट निस्केर कहाँ कहाँ पुग्छन् भन्नेमा आफ्नो नजर रहेको भन्दै ज्यान मार्ने धम्की दिएका हुन् ।

    उदितलाई फोन आउने सो नम्बर एक सेक्युरिटी गार्डको भएको प्रहरीले जनाएको छ । तीन महिना अगाडि बिहारमा ती गार्डले मोबाइल हराएको र सो मोबाइल ती व्यक्तिले भेटेको प्रहरीलेको भनाइ छ । मोबाइलमा उदितको नम्बर भएका कारण फोन गरेर धम्की दिएको प्रहरीले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast