सोमबार, भाद्र २, २०७६
    लाइफस्टाइल

    आजैदेखि शुरु गर्नुस् योगा, यस्ता छन् फाइदा

    आईतवार, १२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, १२ साउन 

    योगाले मानिसलाई शान्त स्वभावको बनाउने मात्रै होइन  रोग लाग्ने सम्भावना पनि कम गर्छ । त्यसैले ध्यान तथा योगा गर्ने बानी छैन भने आजैबाट सुरु गर्नुस् । किनकि, ध्यान तथा योगा गर्ने बानीले तपाईंको स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

    सबैलाई योग गर्ने बिधि र तरिका थाहा नहुँदा अर्को समस्या पनि आउन सक्छ । योग गर्ने सही तरिका र समयको बारेमा पनि जानकारी लिइराख्नु पर्छ । खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ।

    आज हामी तपाईंलाई नियमित ध्यान तथा योगा गर्दा के के फाइदा पुग्छ त्यसबारे जानकारी दिनेछौं ।
    योगाको फाइदा

    – ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ ।

    – ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

    – सकारात्मक भावनाको विकास हुन्छ ।

    – कुलतबाट जोगिन सहयोग पुर्‍याउँछ ।

    – पारिवारिक सद्भाव बढ्छ ।

    – मनको चञ्चलता कम हुन्छ, शान्त स्वभावको बनाउँछ ।

    – अनिद्राको समस्या छ भने सुधार हुन्छ ।

    – डर, चिन्ता तथा डिप्रेसनबाट मुक्त गराउँछ ।

    – ध्यानले दिमागको एकाग्र हुने क्षमताको पनि विकास गर्छ ।

    – रक्तचाप सन्तुलित भई मुटुरोगबाट बचाउँछ ।

    – शारीरिक दुखाइबाट छुटाकारा पाइन्छ ।

    – अरुप्रति मानवीय भावनाको विकास हुन्छ ।

    – क्यान्सर रोगबाट जोगाउँछ ।

    – तनाव नियन्त्रण गर्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast