सोमबार, मंसिर २, २०७६
    मुभी-थिएटर

    पर्दामा देखिदै विपिन र स्वस्तिमा ?

    आईतवार, १२ श्रावन २०७६, आहाखबर
    काठमाडौँ, १२ साउन 
     
    नायक विपिन कार्की र नायिका स्वस्तिमा खड्का वि.सं २०७५ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट पुरस्कृत भए । 
     
    विपिनले चलचित्र ‘प्रसाद’बाट अवार्ड पाएका थिए भने स्वस्तिमाले ‘बुलबुल’बाट अवार्ड आफ्नो पोल्टामा पारेकी थिइन् । दुबैले राम्रो अभिनय गरेकै कारण अवार्ड प्राप्त गरेका थिए । दर्शकले यी दुई कलाकारलाई एकसाथ पर्दामा पनि हेर्न चाहेका छन् ।
     
    नायक विपिन कार्कीले पनि आफूलाई स्वस्तिमासँग काम गर्न मन लागेको सुनाएका छन् । उनले भने–‘स्वस्तिमासँग काम गर्ने मन भयो भनेर अरुसँग काम नै गर्न मन लागेन भनेको होइनँ । तर, पछिल्लो समय स्वस्तिमाले निकै राम्रो काम गरिरहेकी छिन् । त्यसैले उनीसँग काम गर्न मन लागेको हो ।’
     
    नम्रता श्रेष्ठ, वर्षा राउत लगायतका नायिकासँग काम गरिसकेका विपिनले स्वस्तिमालाई पर्दामा जोडी बनाउने इच्छा व्यक्त गरेका छन् । 
     
    यसैविच, विपिन र स्वस्तिमाले एकसाथ चलचित्रमा काम गर्न लागेको वुझिएको छ । वुझिएअनुसार, निर्देशक दिनेश राउतको निर्माणमा बन्न लागेको एक चलचित्रमा विपिन र स्वस्तिमाले काम गर्न लागेका हुन् । 
     
    अहिले चलचित्रको कथामा धमाधम काम भैरहेको छ । तर, यस बिषयमा चलचित्रको निर्माण टिमले केही पनि खुलाएको छैन ।
     
     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast