आईतवार, मंसिर २२, २०७६
    स्वास्थ्य

    जाजरकोटका अस्पतालमा औषधिकाे चरम अभाव

    शनिबार, ११ श्रावन २०७६, आहाखबर

    जाजरकोट, ११ साउन ।

    जाजरकोटका अस्पतालमा औषधिको चरम अभाव देखिएकाे छ । कर्णाली प्रदेश सरकारको मताहतमा रहेको जाजरकोट अस्पतालमा औषधिको अभाव देखिएको हाे । एक महीनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ ।

    इनजेकसन, सिफेकजन, एमपि, कोलकसा, पाराफ्लाम, डिएफओ गेल इनजेकसन, पेनटोप घाउमा लगाउने मलम ,मेयुपेरेसन जीवनजल, टेबलेट, पेनटोपलगायत औषधिको अभाव भएको हो । दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगेपनि औषधि नहुँदा बाहिरका औषधि पसलमा गएर खरीद गर्न बाध्य हुनुपरेको बिरामीले बताएका छन् ।

    विमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेपेका छन् । बीमा गरेका बिरामीले समेत औषधि नहुँदा औषधि पसलमा गएर औषधि किन्न बाध्य भएका छन् । औषधि अभावका विषयमा अस्पतालका प्रमुख डा केसर कार्कीले औषधि केही दिनमा आइपुग्ने बताउनुभयो । कर्णाली प्रदेश सरकारले पठाएको बजेट पुरानो हिसाब लेखा परीक्षण नगरुन्जेल चलाउन नपाउने भएकाले समस्या भएको उनले बताए ।

    निःशुल्क पाइने औषधिसमेत जाजरकोट अस्पतालबाट पाउन छाडेको नलगाड नगरपालिका–६ का थलबीर दमाइले बताए । महीना दिन अघि नै औषधि सकिएको प्रशासनलाई जानकारी गराएपनि सुनुवाइ नभएको फार्मेसी विभागले जनाएको छ । औषधि लिन बिरामी आए पनि नपाउँदा रिसाएर जाने गरेका एक कर्मचारीले बताए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast