बुधबार, भाद्र ४, २०७६
    पर्यटन समाचार

    गौतमबुद्ध विमान स्थलमा उडानका लागि चीनको बुकिङ्ग, हप्तामा २१ उडान भर्ने

    शनिबार, ११ श्रावन २०७६, आहाखबर

    काठमाडौं,११ साउन ।

    छिमेकी मित्रराष्ट्र चीनले निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थलबाट सिधा उडान एव अवतरणको अधिकार सुनिश्चित गरेको छ । 

    संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका अधिकारी र चिनियाँ पक्षबीच बेजिङ्गमा दुई दिनसम्म भएको वार्तापछि हवाइ सेवा समझौता पुनरावलोकन गर्दै चीनले गौतम बुद्ध विमान स्थलमा उडानका लागि बाटो खुला गरेको हो । दुई राष्ट्रका उड्यान अधिकारी बीच पुरानो समझौता पुनरावलोकन लागि भएको समहती सँगै चीनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन र पोखरामा बन्दै गरेको क्षेत्रीय विमानस्थलमा पनि उडान गर्न पाउने भएको छ  । 

    नेपाल र चीनबीच २१ वर्षअघि भएको हवाई सेवा सम्झौता  पुनरावलोकन पछि दुवै विमानस्थल सञ्चालन भएलगत्तै चिनियाँ विमान कम्पनीहरुले ती विमान स्थलमा सिधा उडान गर्न पाउने सहमति भएको उपसचिव प्रमोद नेपालले जानकारी दिए ।

    यसै गरी समझौता पुनरावलोकन पछि भएको नयाँ सम्झौता अनुसार अब नेपालमा दर्ता भएका एयरलाइन्सलाई बेइजिङ, सांघाई, ल्हासा, ग्वांङझाउ, कुनमिङ, छेन्दु र सियानका अतिरिक्त थप ८ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न पाउने छन्। चीनले थप ८ स्थानको नाम तोकेको छैन यद्यपी ती स्थान नेपाल आफैले आवश्यक्ताअनुसार तय गर्न सक्ने सम्झौतामा छ ।

    योसंगै अब अन्तर्राष्ट्रिय उडान अनुमति प्राप्त गरेका नेपाली वायुसेवा कम्पनीले आफ्नो इच्छाअनुसार १५ वटा विमानस्थलमा सिधा उडान गर्न पाउने छन् । हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमबाहेक, निजी क्षेत्रबाट हिमालयन एयरलाइन्स र बुद्ध एयरले मात्र अन्तर्राष्ट्रिय उडानको अनुमति पाएकाे छ ।

     
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast