शनिबार, जेष्ठ २४, २०७७
    कला-सौन्दर्य

    साम्राज्ञी-सुष्मापछि बाहिरीयाे नम्रताकाे बाेल्ड बिकिनी अवतार (फाेटाे फिचर)

    शनिबार, ११ श्रावन २०७६, आहाखबर

    काठमाडौं, ११ साउन ।

    पछिल्लाे केहि समय यता नेपाली नायिकाहरु बाेल्ड सिन तथा तस्विरहरू धमाधम बाहिर आइरहेका छन् ।  विशेष गरी नेपाली नायिकाहरु विदेश घुम्न जाँदा निकै विन्दास हुने र बोल्ड तस्विरहरु खिचाउने गरेका छन् भने कतिपयले फेसबुक, ट्वीटर र इन्टाग्राम जस्ता सामाजिक सञ्जालबाट तस्विरहरू सार्जनिक गर्ने गरेका छन् ।

    भर्खरै मात्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बोल्ड तस्विरहरु बाहिरिएको थियो । उनको तस्विर बाहिरिएसँगै उनको सामाजिक सञ्जालमा निकै आलोचना भयो । तर, उनले यसलाई ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ’ भनेर आलोचकको मुखबुझो लगाई दिइन् ।

    साम्राज्ञीकाे चर्चा सेलाउन नपाउँदै नायिका शुष्मा कार्कीकाे विकिनी अवतार बाहिरीयाे । यस्ता बाेल्ड तस्विरले सिने जगतलाई तताईरहेका बेला अर्की नायिका नम्रता सापकोटाको बोल्ड तस्विरहरु बाहिरिएको छ । नायिका नम्रता सापकोटाले हङकङमा मस्ती गरेका तस्बिरहरु सार्वजनिक भएका हुन् । सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड र सुन्दर देखिएकी छिन् ।

    हालै उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्बिर शेयर गरेपछि निकै चर्चा भइरहेको छ । विभिन्न कार्यक्रममा विदेश भ्रमण गरिरहने नम्रता ‘एच के नेपाली नाइट–२०१९’ कार्यक्रममा सहभागी हुन उनी हङकङ पुगेकी थिइन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast