आईतवार, मंसिर २२, २०७६
    लाइफस्टाइल

    अदुवा चिया पिउनुका यति धेरै फाइदा

    शनिबार, ११ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, ११ साउन ।

    चिया धेरैका लागि साथिभाइ र परिवारसँग समय विताउने बाहाना हुन्छ भने कसैका लागि लत हुन्छ । पछिल्लाे समय युवा-युवतीहरू माझँ पनि चिया निकै लाेकप्रय छ ।

    धेरैले चिया स्वादकै लागि पिउँछन् । हामीले पिउने चिया पनि आ–आफ्नै छन् । कोही चियामा दूध मिसाएर त कोही नमिसाई । हरेक तरिकाले फरक–फरक स्वाद चियामा पाउन सकिन्छ । चियाका पारखीहरूले अनेक स्वादका चियाहरू पिउँछन् ।

    चिया पारखीहरूकाे मुख्य राेजाइ बनेकाे छ अदुवा चिया । जुन स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । अदुवाको चिया पिउदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।

    अदुवा आफैमा स्वास्थ्यका दृष्टिकाेणले फाइदाजनक छ । यसमा उच्च मात्रामा भिटामिन सि, म्याग्नेसियम आदि जस्ता खनिज पाइन्छन् । अदुवाको चियाले पेटको समस्यासमेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।

    - अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार राम्रो बनाउँछ । साथै, हृदयाघात र मुटुरोगीका लागि फाइदाजनक हुन्छ ।

    - एन्टिअक्सिडेन्टको मात्रा बढ्छ । फलस्वरूप शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । 

    - दैनिक अदुवा–चिया पिउँदा मानसिक तनाव कम हुन्छ । साथै, चिया र अदुवाको मिश्रणबाट बन्ने रसायनले शरीरमा ऊर्जा प्रदान गर्छ । 

    - श्वासप्रश्वासको समस्याका लागि पनि अदुवा–चिया उपयोगी मानिन्छ । साथै, गाडीमा बान्ता हुने समस्या हल गर्छ । 

    - हड्डी तथा बाथरोगका बिरामीले अदुवा–चिया पिएमा आराम मिल्छ । 

    - रगतमा ग्लुकोजको मात्रा सन्तुलित गर्छ । साथै, शरीरको अनावश्यक तौल कम गर्न मद्दत गर्छ । 

    - पाचन प्रक्रियामा सुधार ल्याउनुका साथै शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रस उत्पादन गर्छ ।

    -अदुवा–चियाको नियमित सेवनले महिनावारी गडबडीमा सुधार ल्याउँछ । 

    -अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast