शनिबार, जेष्ठ २४, २०७७
    कला-सौन्दर्य

    सलमानको गुनासो : मलाई कसैले बिहेको प्रस्ताव राखेको छैन

    शुक्रबार, १० श्रावन २०७६, आहाखबर

    एजेन्सी, १० साउन ।

    बलिउड अभिनेता सलमान खान ५० वर्ष कटिसके । विभिन्न अभिनेत्री तथा मोडलहरूसँग उनको प्रेम चर्चा चुलिए पनि उनको बिहेबारे अनुमान लाउन मुश्किलै छ ।

    सलमानले दिएको एक अन्तर्वार्तामा उनले आफ्नो बिहेबारे बोल्दै फ्यानहरूलाई अचम्ममा पारेका छन् । उनले अहिलेसम्म आफूलाई कसैले पनि बिहेको प्रस्ताव नराखेको बताएका छन् ।

    फिल्मफेयरका निम्ति दिएको अन्तर्वार्तामा उनले फिल्म 'भारत'मा कटरिना कैफले आफूलाई बिहेको प्रस्ताव राखे पनि वास्तविक जीवनमा आफूले यो अनुभव कहिल्यै नगरेको बताएका हुन् ।

    उनले भनेका छन्, 'यस्तो कहिल्यै भएकै छैन। मलाई लाग्छ मेराे बानीका कारण हो । म क्यान्डल लाइट डिनरमा जाने कुरामा विश्वासै राख्दिनँ । किनकि, त्यो प्रकाशमा म के खाँदैछु भन्ने कुरा देख्न सक्दिनँ । तर मलाई अहिलेसम्म कसैले बिहेको प्रस्ताव नराखेकोमा दुःख भने लागेको छ ।'

    सलमान पछिल्लो समय गायिका लुलिया भन्तुरसँग प्रेम सम्बन्धमा रहेको चर्चा छ । उनीहरू धेरैपटक सँगै देखिएका पनि छन् । तर सलमानले यसबारे पुष्टि गरेका छैनन् । लुलियाभन्दा अघि उनी कटरिनासँग सम्बन्धमा थिए ।

    सोही अन्तर्वार्तामा सलमानले आफ्नो फिल्म 'भारत'मा कटरिनाको भूमिकाबारे पनि बोलेका थिए।

    उनका अनुसार भारत फिल्मका निम्ति कटरिना पहिलो रोजाइ हुन् । तर पछि प्रियंका चोपडाले निर्देशक अलीअब्बास जफर र सह-निर्माता तथा सलमानकी बहिनी अल्भिरा अग्निहोत्रीसँग सम्पर्क गरेर फिल्ममा खेल्ने इच्छा रहेको बताइन् । तर सुटिङ सुरू हुनु पाँच दिनअघि प्रियंका पछि सरिन् । प्रियंकाको त्यो बेला अमेरिकी गायक निक जोनाससँग बिहे हुने भएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast