शनिबार, जेष्ठ २४, २०७७
    कला-सौन्दर्य

    निर्देशक छविराज ओझा र शिल्पा पाेखरेल काण्डमा थपियाे नयाँ ट्वीस्ट

    शुक्रबार, १० श्रावन २०७६, आहाखबर

    काठमाडाैं, १० साउन । 

    निर्देशक छविराज ओझा र उनकी श्रमती तथा नायिका शिल्पा पाेखरेलबीच कलह शुरू भएपछि नेपाली चलचित्र क्षेत्र नै तातेकाे छ । छवि ओझा र शिल्पा पोखरेल काण्ड अहिले भाइरल नै छ।

    छविले कानको जाली फ्ट्ने गरी कुटेको भन्दै शिल्पाले प्रहरी परिसर, टेकुमा उजुरी दिएपछि उनीहरूको झगडा एक कान, दुई कान हुँदै मैदान भएको थियो। त्यसमाथि सहानुभूति बटुल्ने चक्करमा दुवैले युट्युबमा एकअर्कालाई आरोप लगाउन थालेपछि त दुवैको झगडा राष्ट्रिय चासोको विषय बन्यो।

    छविले शिल्पासँग लिखित माफी मागेपछि र शिल्पाले सम्बन्ध विच्छेदको मुद्दा हालेपछि चुपचाप बसेको भए न आज दुवैको यत्रो बेइज्जत हुन्थ्यो, न यति धेरै टेन्सन। तर, युट्युबमा छारो उडाएरै उनीहरूले एकअर्कालाई गलत साबित गर्ने प्रयास गरे। यसमा न छविले जिते, न शिल्पाले।

    तर, यही समयमा छविकी जेठी पत्नी हेमाले छवि र शिल्पा दुवैलाई प्रतिवादी बनाएर बहुविवाहको मुद्दा हालिदिएपछि छवि–शिल्पा झगडामा नयाँ ट्वीस्ट आएको छ। अदालतमा बहुविवाह प्रमाणित भए शिल्पाले डिभोर्स त परेको कुरा, उल्टै जेल बस्नु पर्नेछ अथवा १० देखि ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

    यस ङटनामा छवि खेलाडी बनेका छन् । उनले जेठी श्रीमतीलाई ऐनमौकामा शिल्पासँगको झगडामा घुसाएर घटनामा ट्वीस्ट ल्याएका छन्। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast