बुधबार, जेष्ठ २१, २०७७
    कला-सौन्दर्य

    सामाजिक सञ्जालमा चर्चित रानी ! ४५ हजारको टिसर्ट, डेढलाखको ब्याग !

    शुक्रबार, १० श्रावन २०७६, आहाखबर

    एजेन्सी, १० साउन ।

    बलिउड अभिनेत्री रानी मुखर्जी सामाजिक सञ्जालमा चर्चित भएकी छन् ।

    मुखर्जी पछिल्लो साता आफ्नो महंगो टिसर्टका कारण सामाजिक सञ्जालमा उनि चर्चित भएकी हुन् ।

    सामान्य टिसर्ट, पाइजामा र जुत्ता पहिरिएर एयरपोर्टमा झुल्किएकी रानीको उक्त पहिरनको तस्बिर समेत भाइरल बनाइएको छ । अनौठो त के भने, उनले लगाएको गुस्सी कम्पनीको टिसर्टको मुल्य ४५ हजार थियो ।

    उनको शरीरमा देखिएका टिसर्ट, पाइजामा, जुत्तासहित सबै पहिरनको जम्मा मुल्य भने ४ लाख रहेको बताइएको छ । यही कारण उनको चर्चा भएको हो ।

    यतिसम्म कि, टिसर्टको मात्रै मुल्य ४४ हजार ७ सय २३ परेको बताइन्छ । पाइजामाको झण्डै डेढलाख र जुत्ताको मुल्य ६१ हजार भन्दा बढी हो । यस्तै रानीले डेढलाख भन्दा धेरै मुल्यको ब्याग बोकेकी थिइन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast