बुधबार, जेष्ठ २१, २०७७
    कला-सौन्दर्य

    प्रियंका चाेपडा इन्स्टाग्रामको एउटै पोष्टबाट कमाउँछिन् २ करोड

    बिहिवार, ९ श्रावन २०७६, आहाखबर

    नयाँ दिल्ली, ९ साउन ।

    पछिल्लाे समय सामाजिक संजाल इन्स्टाग्राम युवा पुस्तामाझ मात्र नभएर वयस्क तथा वृद्धमाझ पनि लाेकप्रय नै छ । अहिले सामान्य मानिसदेखि सेलिब्रिटी यसमा व्यस्त देखिन्छन् ।

    विशेषगरि, सेलिब्रिटीहरुले दैनिक आफ्नो तस्वीर इन्स्टामा पोष्ट गरेर आफ्ना फ्यानसँग जोडिएका हुन्छन्। तर, केही यस्ता सेलिब्रिटी पनि छन्, जसले इन्स्टाबाट करोडौ रकम कमाउँछन् । हालै मात्र सार्वजनिक भएको एक रिपोर्ट अनुसार बलिउड नायिका प्रियंका चोपडाले इन्स्टामा ब्रान्डको प्रमोशन गरेवापत करोडौ रकम कमाउने गरेको खुलेको हो ।

    हालै मात्र सार्वजनिक भएको इन्स्टाग्रामको सेड्यूलिंग टूल ‘होप्पर एचक्यू’को सूचीबाट यो कुरा सार्वजनिक भएको हो । जसमा, नायिका चोपडा १९ औं स्थानमा छिन् । नायिका चोपडालाई इन्स्टामा फलो गर्नेको संख्या ४ करोड ३० लाख भन्दा बढी छन् । रिपोर्ट अनुसार नायिका चोपडाले एउटा ब्रान्डको विज्ञापन गरे वापत २ लाख ७१ हजार डलर लिदै आएकी छिन् ।

    यो सूचीमा अमेरिकाका गायक कायनी जेनर पहिलो स्थानमा छन् । जेनरले एउटा पोष्टका लागि १२ लाख ६६ हजार डलर लिने गरेका छन् । उनको १३ करोड भन्दा बढी फलोअर्स इन्स्टामा छन् । नायिका चोपडाको फ्यान भारतमा मात्र नभएर विश्वभर छन् । यहीकारणले गर्दा नै ब्रान्ड प्रमोशनका लागि उनलाई यति महंगो रकम दिने गरिन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast