सोमबार, भाद्र २, २०७६
    अावास-निर्माण

    पाल्पााको तिनाउ गाउँपालिकामा पुल निर्माण, स्थानीयवासी खुशी

    बुधबार, ८ श्रावन २०७६, आहाखबर

    रामपुर, ८ साउन

    पाल्पाको तिनाउ गाउँपालिका वडा नं ५ झ्याक्सेमा पुल निर्माण गरिएको छ । वर्षात्मा खोला बढेर वारपार गर्न समस्या भएर हैरान परेका स्थानीयवासी पुल निर्माणपछि खुशी भएका छन् ।

    तिनाउ गाउँपालिका, इन्द्रेणी समाज केन्द्र र सेवक नेपाललगायतका सङ्घसंस्थाको सहयोगमा सो पुल निर्माण गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष सरस्वती दिसुवाले रु २९ लाख पाँच हजारमा ३५ मिटर लामो सो ट्रस पुल निर्माण गरिएको जानकारी दिनुभयो ।

    तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले पुल निर्माणपछि अब गाउँलेलाई जोखिपूर्ण यात्रा गर्न नपर्ने बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा कृषि उत्पादनका निम्ति उर्वर रहेकाले पुल निर्माणसँगै स्थानीयस्तरमा उत्पादित कृषिउपज बजारसम्म पु¥याउन सहज हुनेछ । 

    अध्यक्ष घर्तीले पुल निर्माणले त्यस क्षेत्रका करीब १०० घरपरिवारलाई आवतजावतमा सहज हुने जानकारी दिनुभयो । पुल निर्माणसँगै स्थानीयस्तरका मोटरबाटो मर्मत तथा निर्माणमा समेत गाउँपालिकाले चासो दिएको अध्यक्ष घर्तीको भनाइ छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast