शनिबार, जेष्ठ २४, २०७७
    कला-सौन्दर्य

    बलिउड

    बलिउड अभिनेता रणवीर र अभिनेत्री आलियाको विवाह हुँदै…

    बुधबार, ८ श्रावन २०७६, आहाखबर

    मुम्बई, ९ साउन

    अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको बिहेको खबर चर्चामा रहेको छ । रणवीर र आलिया विगत केही समय पहिले देखी प्रेममा रहेका छन् । 

    यी दुई जोडी अब आउने चलिचल ‘ब्रम्हास्त्र’ को सुटिङमा व्यस्त रहेका छन् । सुटिङमा दुवै सँगै हुँदा प्रेम झन् कसिलो बन्दै गएको छ । यी दुईको विवाहको बाधक बनेका आलियाका पिता एवं निर्देशक महेश भट्टले पनि प्रेम स्वीकार गरेका छन् । 

    अब आलिया र रणवीरको विवाह हुने कपुर परिवारका सदस्यले बताएका छन् । दुबै साथमा रहेको तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी दुईको डेटिङको खबर सामान्य हुन थालेको छ ।  

    ती सदस्यका अनुसार रणवीर र आलियाको विवाह आगामी नयाँ वर्ष २०२० को अवसर पारेर जनवरीमा गर्ने सल्लाह भइरहेको छ । अभिनेता ऋषि कपुरको चाहना पनि यी दुईको विवाह होस् भन्ने रहेको छ । 

    ऋषि कपुर क्यान्सरका कारण अहिले पनि उपचारमा छन् । उनको स्वास्थ्यमा सुधार आएका कारण अब रणवीर विवाह गर्न चाहन्छन् । आलिया पनि विवाहको लागि तयार छिन् ।

    परिवारले यी दुईको विवाहको तयारी भइरहेको बताए पनि आलिया र रणवीरले विवाहको मिति खुलाएका छैनन् ।आलिया भट्ट प्रसिद्ध फेशन डिजाइनर सब्यसाचीसँग भेट्न पुगेकी थिइन् । 

    जसमा बिहेको लागि लेहेङ्गाको विषयमा कुराकानी गरेका थिए । जब आलियाले मुम्बईको जुहुमा करीब २१ करोड रुपैयाको फ्ल्याट किनेर बस्न थालिन् तब यी दुईको बिहेको खबर बाहिर आउन थालेको हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast