बुधबार, जेष्ठ २१, २०७७
    कला-सौन्दर्य

    रणवीर र आलिया वैवाहिक बन्धनमा बाधिदै

    बुधबार, ८ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ८ साउन

    केही समयदेखि अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट  प्रेममा छन् । 

    यी दुईको विवाहका बाधक बनेका आलियाका पिता एवं निर्देशक महेश भट्टले प्रेम स्विकारेका छन् । अब यी दुईको विवाह हुने कपुर परिवारका एक सदस्यले बताएका छन् ।

    ती सदस्यका अनुसार रणवीर र आलियाको विवाह आगामी नयाँ वर्ष २०२० को अवसर पारेर जनवरीमा गर्ने सल्लाह भइरहेको छ । अभिनेता ऋषि कपुरको चाहना पनि यी दुईको विवाह होस् भन्ने रहेको छ । ऋषि कपुर क्यान्सरका कारण अहिले पनि उपचारमा छन् । उनको स्वास्थ्यमा सुधार आएका कारण अब रणवीर विवाह गर्न चाहन्छन् । 

    आलिया पनि विवाहको लागि तयार छिन् । परिवारले यी दुईको विवाहको तयारी भइरहेको बताए पनि आलिया र रणवीरले विवाहको मिति भने खुलाएका छैनन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast