शुक्रबार, मंसिर २७, २०७६
    बैंक-बीमा

    चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति आज सार्वजनिक हुने

    बुधबार, ८ श्रावन २०७६, आहाखबर

    काठमाडौं, ८ साउन ।  

    चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति बुधबार सार्वजनिक हुने भएको छ । 

    राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले बुधबार अपराह्न ४ बजे र्‍याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक हुने जानकारी दिए । 

    ‘हाम्रो सञ्चालक समितिबाट मौद्रिक नीति पारित भइसकेको छ’, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘साँझ ४ बजे सार्वजनिक हुने पक्का भइसक्यो ।’

    राष्ट्र बैंकले असार मसान्तमै मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको थियो । तर, यसका लागि आवश्यक बोर्ड बैठक बस्न नसक्दा ढिलाइ भएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast