आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    नेता, कलाकारदेखि सर्वसाधारणसम्मको रोजाइमा एवान क्याफे

    बुधबार, ८ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ८ असार ।
    सुपथ मुल्यमा गुणस्तरीय सेवा भावका साथ संचालित एवान क्याफे ग्राहकको रोजाइमा पर्न थालेको छ । ग्राहकको सन्तुष्टिकै परिणाम  एवान क्याफे एन्ड बैंक्वीटको १७ औँ शाखा काठमाडौंको नयाँ बानेश्वरस्थित शंखमुलमा खोलिएको छ । रोयल एवान फास्ट फुड ग्रपले सञ्चालन गरेको क्याफे एन्ड बैंक्वीटमा एकै पटक पाँच सय जनासम्म अट्न सक्ने क्षमता छ । 

    क्याफेमा रुफटप गार्डेन, टेरेस गार्डन, सेमिनार हल, मिटिङ हललगायत सुविधा रहेको सञ्चालक राकेश श्रेष्ठले बताए । क्याफेमा विवाह, ब्रतबन्धलगायत विभिन्न कार्यक्रमहरूसमेत आयोगना गर्न सकिने उनले जानकारी दिए ।

    प्रदेश नम्बर ३ का अर्थमन्त्री कैशाल ढुंगेल, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, चर्चित युवा नेतृ रामकुमारी झाँक्री, चर्चित हास्यकलाकार केदार घिमिरे माग्ने बुढालगायत शंखमुलस्थित क्याफेमा पुगे । क्याफेको वातावरण र सेवाभावले आफूहरुलाई आकर्षित गरेको उनीहरुको भनाइ छ । क्याफेमा सर्वसाधारणको पनि उत्तिकै भीड देखिन्थ्यो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast