बिहिवार, असोज ३०, २०७६
    अध्यात्म चर्चा

    ८ साउन २०७६ बुधबारकाे राशिफल : यस्तो छ तपाईको आज

    बुधबार, ८ श्रावन २०७६, आहाखबर

    मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । 
     

    वृष  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । 
     

    मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, हा) : टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्नेछ ।

    कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरता छाउनेछ । 
     

    तुला  (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
     

    वृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : शुभचिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ । 
     

    धनु  (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । 
     

    मकर  (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
     

    कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

    मीन  (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजनपनि पाईनेछ । 

    -ज्यो.प. नारायणप्रसाद दुलाल

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast