आईतवार, भाद्र ८, २०७६
    ब्राण्ड/संगठन

    चियाका पारखीलाई लोभ्याउँदै नेपा-टी, फलफुलदेखि पानसम्मका ५० थरी चिया !

    मंगलवार, ७ श्रावन २०७६, - आहा खबर संवाददाता .

    काठमाण्डौं, ७ साउन । 

    विशेष गरी चियाका पारखीहरुलाई लक्षित गर्दै काठमाडौंका बिभिन्न स्थानमा 'नेपा-टी' का आउटलेटहरु खुलेका छन् । हालका लागि राजधानीको कोटेश्वर, भत्केको पुल  र पेप्सीकोला गरी जम्मा ३ स्थानमा सुरु गरिएको नेपा टी का आउटलेटमा नेपालमा अहिलेसम्म कतै नपाइने स्वादको चियाको चुस्की लिदै रमाउन सकिने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक आशिश गिरीले आहा खबरलाई बताउनुभयो । 

    यहाँ पाइने लालिगुराँस, ज्यास्मिन, जिञ्जर लगायत स्वाद चियाहरु वास्तवमै गज्जब छन् । यहाँको डेलिभरी तथा टेक अवे को सुविधा, त्यहीं नै बसेर किताब पढ्दै चिया पिउन पाइने, साथमा बेकरी, आइसक्रीम लगायतको स्वाद समेत लिन सकिने सुविधा सबैका लागि आकर्षण बन्न सक्छ ।

    विशेष गरी फलफूलबाट बन्ने फ्रुट टी तथा ब्ल्याक टी मा धेरै भेराइटी रहेको उहाँको भनाई छ । 

     

    कम मुल्यमै थुप्रै स्वाद

    नेपा टी मा आइस टी लगायतका थुप्रै फ्लेभरहरु उपलब्ध छन् । त्यस्तै, कडक र नेपा टी को फ्लेभरमा बढी ग्राहक आकर्षित भैरहेको निर्देशक गिरीको भनाई छ ।

    “टेष्ट द बेस्ट” भन्ने नारा सहित सञ्चालित नेपा टि प्रालिले अन्तराष्ट्रिय स्तरका ५० भन्दा बढी स्वादका चिया अहिले नेपाली बजारमा ल्याएको हो ।

    न्युनतम २० रुपैयाँ देखि अधिकतम १ सय ९५ रुपैयाँ सम्ममा पिउन सकिने बिभिन्न स्वादका चियामध्ये १८ प्रकारका कालो चिया, १५ प्रकारका दुध चिया, १३ प्रकारका फ्रुट टि, १५ प्रकारका नेपा आइसीइडी टी तथा अन्य अर्गानीक चिया रहेको बताइएको छ । 

    नेपा टी मा रमाउँदै ग्राहक । फोटो सौजन्य : नेपा टी 

     

    यसो भन्छन् ग्राहक 

    यसअघि कतै पनि नभेटेको चियाको स्वाद नेपा टी मा भेटिएपछि कतिपय चियाका पारखीहरु दंग समेत परेका छन् । यस सन्दर्भमा कुरा गर्दै अनिशा कोइरालाले भन्नुभयो, "यहाँ पाइने लालिगुराँस, ज्यास्मिन, जिञ्जर लगायत स्वाद चियाहरु वास्तवमै गज्जब छन् ।

    यहाँको डेलिभरी तथा टेक अवे को सुविधा, त्यहीं नै बसेर किताब पढ्दै चिया पिउन पाइने, साथमा बेकरी, आइसक्रीम लगायतको स्वाद समेत लिन सकिने सुविधा सबैका लागि आकर्षण बन्न सक्छ ।" 

     

    आगामी योजना 

    ग्राहकहरुले मन पराउँदै जानेक्रममा राजधानी काठमाडौं तथा त्यसभन्दा बाहिर समेत यसका बिभिन्न आउटलेटहरु सञ्चालन गर्ने योजना रहेको प्रबन्धक गिरीको भनाइ छ । 

    हाल १५ जनालाई प्रत्यक्षरुपमा रोजगारी दिइरहेको नेपा टी लाई भविष्यमा थप सुविधायुक्त बनाउदै लाने ब्यवस्थापन पक्षको योजना छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast