काठमाडौँ, ७ साउन ।
आईसीसी २०/२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा कतारसँग नेपाल ४ विकेटले पराजित भएको छ । १२३ रनको सामान्य चुनौती लिएर जवाफी ब्याटिङ गरेको कतारले ४ बल बाँकी हुँदै १२४ रन बनायो ।
इनाम उल हक ४१ रनमा रन आउट भएपछि कतार धरमराएको थियो । तर, पछि सम्हालियो ।
नेपालका लागि सन्दीप लामिछानेले कतारको ३ विकेट लिए भने करण केसीले १ विकेट लिए । कतारका दुई खेलाडी रन आउट भएका थिए ।
यसअघि नेपालका लागि ओपनिङ जोडीकारुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले क्रमशः २८ र २३ रन बनाएका थिए । दिपेन्द्र सिंह ऐरीले नेपालका लागि सर्वाधिक ३४ रन बनाएका थिए ।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com