शनिबार, मंसिर २८, २०७६
    ओएमजी Omg!

    गुल्मीमा पहिरोः ६ जनाको मृत्यु, ५ बेपत्ता

    मंगलवार, ७ श्रावन २०७६, आहाखबर
    फाइल तस्विर

    काठमाडौँ, ७ साउन । 
    गुल्मीमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाको लिम्घा र ठुलो लुम्पेकमा पहिरो गएो हो । 

    पहिरोले ढाल बहादुर विक, छलि विक र पम्फा विकको घर पुरेको छ । तीन घरमा नौ जना बस्दै आएका थिए । तीन घरबाट चार जनाको शव फेला परेको छ । बाँकी पाँच जना बेपत्ता भएका छन् । शवको पहिचान भने भएको छैन । 

    ठुलोलुम्पेकमा पहिरो जाँदा आमा छोराको मृत्यु गएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण लुम्पेकका तिल कुमारी तरामु र दर्शन तरामुको पुरिएर मृत्यु भएको हो ।  तरामुको दुई छोरी घाइते भएका छन् ।

    घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast