सोमबार, भाद्र २, २०७६
    बिदेश

    सिरियाली सरकारको हवाइ हमलामा पत्रकार सहित १८ जना मारिए

    सोमबार, ६ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ६ साउन 

    सिरियाली सरकारको हवाइ हमलामा एक पत्रकार सहित १८ जना मारिएका छन् ।

    आइतबार उत्तरपश्चिम क्षेत्रस्थित इडलिब प्रान्तमा भएको हमलामा अनस अल दयाद नामका पत्रकार समेत मारिएका हुन् । ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’का अनुसार केही मानिस अझै भग्नावशेषभित्र थुनिएकाले मृतकको संख्या बढ्नसक्ने छ ।

    सिरियाली युद्धका कारण २०११ देखि अहिलेसम्म ३ लाख ७० हजार मानिसले ज्यान गुमाइसकेका छन् । साथै लाखौं मानिस विस्थापित भएका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast