काठमाडौँ, ६ साउन
आईसीसी टि-२० विश्वकप छनौट (एसिया फाइनल) प्रतियोगिता सिंगापुरमा सोमबार सुरु भएको छ। आयोजक सिंगापुर सहित प्रतियोगितामा नेपाल, मलेसिया, कुवेत र कतार गरि ५ टोलि सहभागी रहेका छन्। प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल मंगलबार कतारसंग खेल्नेछ।
नेपालको पहिलो खेल – कतारसंग,
खेल समय : मंगलबार ७:१५ बजे विहान ( नेपाली समय ) , इन्डियन एसोसिएसन मैदान, सिंगापुर , नेपालको आगामी खेलहरु – जुलाई २४ – मलेसियासंग, जुलाई २७ – कुवेतसंग , जुलाई २८ सिंगापुरसंग
कतारसंग नेपालले बिगतमा खेलेको छ ? कतारसंग अन्तिम पटक नेपालले १० वर्ष अघि २००९ एसीसी टि-२० मा खेलेको थियो। इतिहासमै नेपालले कतारसंग मात्र २ पटक टि-२० खेलेको छ जसमा एउटा खेलमा नेपाल र एउटामा कतार विजयी भएको थियो।
एसीसी टि-२० २००७ ( मलेसिया ) समुह चरण : कतार ३ विकेटले विजयी
खेलमा टस जितेर कतारले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२८ रन बनाएको थियो। नेपालको लागि दिपेन्द्र चौधरीले सर्वाधिक अविजित ५९ रन तथा मेहबुब आलमले ४५ रन बनाएका थिए। आलमले ४० बलमा तथा चौधरीले ५० बलमा समान ४ चौका र १ छक्का प्रहार गरेका थिए।
कतारले १२९ रनको लक्ष्य १९.३ ओभरमा पुरा गर्यो। उसको लागि रुशारत अलिले अविजित ४९ रन बनाए। आक्रामक ब्याटिंग गरेका उनले २२ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै नेपालको जित खोसे। नेपालको बलिंगमा शक्ति गौचनले ३ विकेट ( ४-०-२१-३ ) , मेहबुब आलमले २ विकेट ( ४-०-१४-२ ) तथा पारस खड्का र बसन्त रेग्मीले १/१ विकेट लिए पनि जितको लागि पर्याप्त रहेको थिएन।
एसीसी टि-२० २००९ ( युएई ) समुह चरण : नेपाल ६ विकेटले विजयी
खेलमा टस जितेर ब्याटिंग रोजेको कतारले १९ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्रै बनाउन सकेको थियो। नेपालको बलिंगमा शक्ति गौचन ( ४-०-१९-३ ) र बसन्त रेग्मी ( ४-०-११-३ ) ले ३/३ तथा सन्जम रेग्मी ( ३-०-२५-२ ) ले २ विकेट लिएका थिए। ९७ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। ज्ञानेन्द्र मल्लले अविजित ३९ रन ( ४४ बलमा २ चौका ) तथा दिपेन्द्र चौधरीले २८ रन बनाए। बसन्त रेग्मी र शक्ति गौचन खेलको संयुक रुपमा प्लेयर अफ द म्याच चुनिएका थिए।
+977-01- 4111671, 2110057
aahakhabar@gmail.com