आईतवार, भाद्र ८, २०७६
    ओएमजी Omg!

    तस्बिर प्रकरणमा साम्राज्ञीले आलोचकलाई 'कुकुर'को संज्ञा दिएपछि...

    सोमबार, ६ श्रावन २०७६, आहाखबर

    काठमाडौं, ६ साउन ।

    छुट्टी मनाउन इन्डोनेशियाको बाली पुगेकी साम्राज्ञी साम्राज्ञी राज्यलक्ष्मी शाह प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्बिरका कारण विवादित बनिन् । अभिनेत्री शाहको यति बेला चारै तिर आलोचना भइरहेको छ ।

    रातो विकनी लगाएको सार्वजनिक केही तस्बिरमा प्रेमी देवाङ्कले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई आलोचनादेखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन् ।

    केही दिनदेखि लगातार भइरहेको आफ्नो आलोचनाको बिषयमा अभिनेत्री साम्राज्ञीले मुख खोलेकी छन् । उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् ।

    उनले  आफ्नाे  आलाेचना गर्नेलाई कुकुरकाे संज्ञा दिएकी हुन । घुमाउरो पारामा आफुलाई आलोचना गर्ने माथि ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भनिन् । ‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन सकाइएकी साम्राज्ञी सुटिङको ह्याङ उतार्न केही दिन समयअगाडि बाली पुगेकी थिइन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast