शनिबार, जेष्ठ २४, २०७७
    कला-सौन्दर्य

    ‘म्याकुरी टिक टक गरम आऊ’ गीतकाे म्युजिक भिडियाे बजारमा (भिडियाेसहित)

    सोमबार, ६ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, ६ साउन ।

    चर्चित गायक तथा सर्जक विनोद ढकालले पछिल्लो समय चर्चित एप्स टिकटकलाई विषयवस्तु बनाएर  ‘टिकटक गरम आऊ’ गीत बजारमा ल्याएका छन् । याे गायक ढकालकाे  टिकटकलाई विषयवस्तु बनाएर बजारमा ल्याएकाे पहिलाे तीज गीत हाे ।

    नेपाली महिलाहरुको महान चाड हरितालीका तिज आउन झण्डै दुई महिना बाँकी भए पनि बजारमा नयाँ नयाँ तिजगीत आइसकेका छन्। उनले आफ्नै अफिसियल यूट्यूब च्यानल विनोद ढकाल मार्फत बजारमा ल्याएका हुन्। टिकटकले गर्दा समाजमा के कस्ता विकृतिहरु भइरहेका छन्, टिकटकको उपयोग कसरी भइरहेको छ भन्ने यथार्थलाई ब्यंग्यत्मक तवरले गायक तथा सर्जक ढकाले शब्दमा उतारेका छन्। 

    म्युजिक ल्याब प्रालीले बजारमा ल्याएको यस गीतमा बिनोद ढकाल र बिमला कुमालले स्वर भरेका छन्। गीतको शब्द तथा लय विनोद ढकालकै रहेको छ। गीतको म्युजिक भिडियोमा अभिनय पवन खतिवडा (म्याकुरी), शुशिला निरौला (बिम्लि), रोमा बिष्ट, बिनोद अधिकारी, प्रकाश कटुवाल, राजु बोहरा, लक्ष्मण श्रेष्ठ, कोपिला अधिकारी, बिकल्प ढकाल, मोहन श्रेष्ठ, दिपक भुजेल, विपी सुवेदी,सर्जु श्रेष्ठ लगायतको रहेको छ।

    गीतको भिडियोको परिकल्पना गायक ढकालले गरेका हुन भने निर्देशन लक्ष्मण श्रेष्ठ गरे। रामकृष्ण चौलागाइँले क्यामेरामा कैद गरेको भिडियो रोशन धितालले सम्पादन गरेका हुन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast