सोमबार, मंसिर २, २०७६
    मुभी-थिएटर

    ‘अवतार’लाई उछिन्दै ‘एभेन्जर्सः इन्डगेम’ बन्याे इतिहासमै सबैभन्दा बढी कमाउने चलचित्र

    सोमबार, ६ श्रावन २०७६, आहाखबर

    Notice: Undefined variable: caption in /home/aahakhabar/public_html/wl-admin/news.php on line 228

    काठमाडाैं, ६ साउन । 

    ‘एभेन्जर्सः इन्डगेम’ इतिहासमै सबैभन्दा बढी कमाउने चलचित्रकाे सूचीकाे पहिलाे स्थान ओगट्न सफल भएकाे छ । चलचित्र ‘अवतार’लाई उछिन्दै ‘एभेन्जर्सः इन्डगेम’ इतिहासमै सबैभन्दा बढी कमाउने चलचित्र बनेको हाे।

    सन् २००९ मा रिलिज भएको चलचित्र ‘अवतार’ले २.७८९ अर्ब अमेरिकी डलर कमाएको थियो। अवतारलाई दश वर्षसम्म कुनै चलचित्रले जित्न सकेको थिएन। तर सन् २०१९ यस वर्षको अप्रिल २२ मा रिलिज भएको ‘एभेन्जर्सः इन्डगेम’ले भने ‘अवतार’लाई उछिन्न सफल भएको छ।

    एभेन्जर्सले हिजो आइतबार अवतारको रकेर्डलाई तोडेको हो। ‘एभेन्जर्सः इन्डगेमले २.७९० अर्ब अमेरिकी डलर कमाएको जनाइएको छ। एभेन्जर्सले हालसम्म अवतारभनदा ५ लाख १६ हजार १९३ अमेरिकी डलर बढी कमाएको जनाइएको छ।

    एभेन्जर्सले ऐतिहासिक सफलता हासिल गरेपछि द वाल्ट डिज्नी स्टुडियोले भनेको छ,‘मार्भल स्टुडियो र वाल्ट डिज्नी स्टुुडियोका टिमलाई बधाई छ। साथै दर्शक जसले एभेन्जर्सः इन्डगेमलाई माया गरे उनीहरुलाई पनि बधाई।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast