बुधबार, जेष्ठ २१, २०७७
    कला-सौन्दर्य

    विवादपछि साम्राज्ञीको अर्को बोल्ड अवतार (तस्बिरसहित)

    आईतवार, ५ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ५ साउन

    अभिनेत्री साम्राज्ञी शाह यतिबेला सबैभन्दा चर्चामा छिन् । उनी चर्चासँगै विवादमा आउनुको कारण हो उनकै विकिनी अवतारका तस्बिरहरु ।

    यतिबेला उनी विदेश भ्रमणमा छिन् र विवादसँगै चर्चामा आएकी छन् । केहीदिन अघि इन्डोनेसियाको जिम्ब्राविचमा विकिनी तस्बिर सार्वजनिक गरेकी थिइन् ।

    तीन तस्बिरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । ती तस्बिरहरु उनले आफ्नो इन्टाग्राममा साझेदार गरेका थिए । तर, गालीको वर्षात भएपछि हटाए ।

    त्यसको केही समयपछि प्रेमीसँगै मस्ती गरिरहेको तस्बिरहरु पनि सार्वजनिक भए । जसले गर्दा उनलाई विवादमा तान्यो । उनको विवाद र चर्चा सकिन नपाउँदै उनले अर्को हट अवतारका तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । जुन तस्बिरमा उनले गोल्डेन कलरको ब्रा तथा बिकिनी सल लगाएकी छन् ।

    पर्दामा बोल्ड भूमिकामा प्रस्तुत हुँदै आएकी उनलाई विवादले पनि केही वर्षयता राम्रै पछ्याइरहेको छ । कहिले गाउँले भूमिका गर्न अस्वीकार गरेको कारण उनी आलोचित हुन्छिन्, भने कहिले दायाँ स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि विवादमा फसिन् ।

    उनको प्रेम सम्बन्धको प्रशंगले पनि समय-समयमा राम्रै तताएको गरेको छ । मयंक खड्कासँग ब्रेकअप भएपछि उनी केही महिनायता धनाड्य प्रेमी देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवाङ्कससँगै उनी यतिबेला विदेशमा मस्ती गरिरहेकी हुन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast