बुधबार, भाद्र ४, २०७६
    बैंक-बीमा

    चापागाउँमा प्रभु बैँकको १ सय ८८औँ शाखा

    आईतवार, ५ श्रावन २०७६, आहाखबर

    ललितपुर, ५ साउन

    गोदावरी नगरपालिका –१० चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा स्थापना गरिएको छ । सो बैंक स्थापना भएसँगै चापागाउँवासीले थप सेवा सुविधा पाउने भएका छन् । 

    सो अवसरमा शाखाको उद्घाटन गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले चापागाउँमा बैंक स्थापना गर्न प्रचुर मात्रामा लगानी गर्ने वातावरण रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादनमूलक एवं कृषि क्षेत्रमा गरिने लगानीबाट आर्थिक समृद्धि हुनेछ ।” 

    सो बैंक सञ्चालनका लागि नगरपालिकाबाट सदैव आवश्यक समन्वय र सहयोग रहने महर्जनले प्रतिबद्धता व्यक्त गर्नुभयो । बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले चापागाउँमा स्थापित बैंक शाखाले सबै जनतालाई सुलभ सेवा दिने बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast