बुधबार, जेष्ठ २१, २०७७
    कला-सौन्दर्य

    छवि ओझाविरुद्ध उनकी जेठी श्रीमतीले हालिन् बहुविवाहको मुद्दा

    आईतवार, ५ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, ५ साउन । 

    फिल्म निर्माता छवि ओझाकी जेठी श्रीमतीले ओझाविरुद्ध बहुविवाहको अभियोगमा जाहेरी दिएकी छिन् । ओझाकी जेठी श्रीमती हेमा ओझाले उनमाथि कानुनी कारबाहीको माग गर्दै महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता गराएकी हुन् ।

    २०४१ सालमा आफूहरुको विवाह भएको उल्लेख गर्दै दिएको जाहेरीमा हेमाले २०७५ पुस ११ गते छवि र शिल्पा पोखरेलबीच विवाह भएकाले बहुविवाहमा कानुनी कारबाहीको माग गरेकी छिन्।

    ‘बहुविवाह गरेको प्रमाणित भएकाले निज मेरा विपक्षी श्रीमान् छविराज ओझा घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्ने सुहाउने उमेरकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिइ उपस्थित भएकी हुँ,’ हेमाले जाहेरीमा भनेकी छिन्, ‘निज मेरा विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुनबमोजिम यथाशक्य चाँडो नियन्त्रणमा लिइ कारबाही प्रक्रिया अघि बढाई अनुसन्धानसमेत गरी निजहरूलाई कानुन बमोजिम हदैसम्मको सजाय गरी पाऊँ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast